अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीबाट वृद्धा गम्भीर घाइते

आगलागीबाट वृद्धा गम्भीर घाइते


बैतडी – बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी  नगरपालिका-८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिनुभयो । खाना पकाइसकेपछि  भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।