अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका २ जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका २ जनाको मृत्यु


दाङ – दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।

बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताउनु भयो ।

मृत्यु हुने दुवैजना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिनुभयो ।