अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा आधा-आधा भागबन्डा गर्ने एमाले र जसपाबीच सहमति

मधेसमा आधा-आधा भागबन्डा गर्ने एमाले र जसपाबीच सहमति


काठमाडौं – मधेस प्रदेशमा रहेका प्रतिनिधिसभाका ३२ सिटमध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच बराबरी भागबन्डा हुने भएको छ । जस अनुसार एमालेले १६ र जसपाले १६ सीटमा भागबन्डा गर्ने सहमति जुटेको हो ।

प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमा पनि बराबरी, अर्थात ३२–३२ सिटमा भागबन्डा गर्ने सहमति जुटेको नेकपा एमालेका एक नेताले जानकारी दिनुभयो ।

‘प्रतिनिधिसभामा १६-१६ सिटमा भागबन्डा गर्ने सैद्धान्तिक सहमति जुटेको छ, केही सिटमा कुरा मिल्न बाँकी छ,’ उहाँ नेताले भन्नुभयो, ‘आजै मधेस प्रदेशका उम्मेदवारहरुको पनि नाम सार्वजनिक हुन्छ ।’