काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ। शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो।’
अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।
प्रतिक्रिया