अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरबाट प्रदेशसभाको प्रत्यक्षमा दुई पत्रकार उम्मेद्वार भन्छन् : प्रेस स्वतन्त्रता मैत्री कानून निर्माण पहिलो प्राथमिकता

उदयपुरबाट प्रदेशसभाको प्रत्यक्षमा दुई पत्रकार उम्मेद्वार भन्छन् : प्रेस स्वतन्त्रता मैत्री कानून निर्माण पहिलो प्राथमिकता


उदयपुर – नेकपा एमालेले उदयपुरमा दुईजना पत्रकारलाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ ।

क्षेत्र नं. २ (ख) बाट प्रेस चौतारी उदयपुरका अध्यक्ष जीवनाथ दाहाललाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको हो । दाहालले आज उम्मेद्वारी दर्ता गर्नुभएको छ । दाहाल केही महिना अघिसम्म नयाँ पत्रिका दैनिका उदयपुर संवाददाता हुनुहुन्थ्यो ।

त्यस्तै उदयपुरकै क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष कुशलबाबु बस्नेत पनि उम्मेद्वार हुनुभएको छ । एकै जिल्लाबाट पत्रकार सक्रिय पत्रकारितामा रहेका दुईजना युवाले उम्मेद्वारी हाल्नु खुशीको कुरा भएको एमालेका नेता-कार्यकर्ता बताउछन् ।

बस्नेतले आफूले प्रदेशसभाबाट प्रेस स्वतन्त्रता र मिडिया मैत्री कानुन बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ । संविधानले प्रत्याभुत गरेको प्रेस स्वतन्त्रताको संरक्षण गर्दै प्रादेशिक र स्थानीय मिडियालाई सवल बनाउन आफू लागिपर्ने दाहालको भनाइ छ ।
उम्मेद्वारी दर्तापछि दुवै जनाले नेपाली मिडियाको क्षेत्रमा आफूहरुको प्रदेश सभाको प्रवेश नमूना हुने बताएका छन् । यो बेलासँग कुरा गर्दै चौतारीका पूर्वउपाध्यक्ष बस्नेतले सञ्चार क्षेत्रलाई एमालेको नेतृत्वले भर गरेको यो एउटा राम्रो उदाहरण भएको प्रतिक्रिया दिनुभएको छ ।