अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा पहिरोमा पुरिँदा ४ जनाको मृत्यु, ३ घाइते

हुम्लामा पहिरोमा पुरिँदा ४ जनाको मृत्यु, ३ घाइते


हुम्ला-हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । यस्तै ३ जना घाइतेको उद्धार गरिएको छ ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको बताइएको छ । मृत्यु हुने चारै जना बालबालिका रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।