अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगुमा पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगुमा पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु, ११ जना बेपत्ता


मुगु – मुगुको छाँयानाथ रारा नगरपालिका वडा-११ को सालिमस्थित मानबहादुर कुमाईको घर पहिरोले पुरिँदा ५ जनाको  मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाउँ ठाउँमा पहिरो गइरहेको कारण अफ्टेरो परिरहेको उहाँले बताउनु भयो ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।