काठमाडौं – बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । आज म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेको जानकारी गराएका हुन् ।
न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । अधिवक्ता घिमिरेकाअनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो ।
आज हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गर्नुभएको छ । उहाँका अनुसार जाहेरीवाला नाबालिग होइनन् ।
प्रतिक्रिया