काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुनुहुने भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने लागिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उहाँको ज्वरो र खोकी कम भएपछि डिस्चार्ज गर्न लागेको अस्पतालले आवश्यक परे राष्ट्रपति भवनमा गएर थप परीक्षण र उपचार गरिने जनाएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । २३ असोजमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया