अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु


पर्सा – पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका-२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका-३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजेको समयमा घर अघिल्तिरको विद्युत्‌‌‍को पोलको तारमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

सोमबार नै वीरगन्ज महानगरपालिका वडा-८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा वीरगन्ज महानगरपालिका-९ रानिघाटका ६० वर्षीय मजदुर ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको छ । दिउँसो करिब साढे १२ बजेतिर विद्युतीय तारमा अचानक करेन्ट लाग्दा भुइँमा लडी घाइते भएका साहलाई तत्कालै उपचारको लागि आशाराम अस्पतालमा ल्याइएकोमा त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।