अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेंगुका कारण सर्वोच्च अदालतका उपसचिव अधिकारीको निधन

डेंगुका कारण सर्वोच्च अदालतका उपसचिव अधिकारीको निधन


काठमाडौं – सर्वोच्च अदालतका उपसचिव कृष्णप्रसाद अधिकारीको डेंगुका कारण निधन भएको छ।

सोमबार रातिदेखि ज्वरो आएपछि मंगलबार डेंगु परीक्षणका लागि वीर अस्पताल लगिएका अधिकारीको मध्याह्न १२ बजेतिर निधन भएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हिजो रातिबाट ज्वरो आएको रहेछ। आज परीक्षणका लागि वीर अस्पताल जानु भएको रहेछ। अस्पतालमै उहाँको निधन भएछ । केही समय पहिले उहाँलाई हृदयाघात पनि भएको थियो।’

अधिकारी सर्वोच्च प्रशासनको मुद्दा फाँटमा कार्यरत हुनुहुन्थ्यो ।