बागमती – बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार १५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ ।
काठमाडौँमा ११ हजार ४६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ । निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६०४, भक्तपुरमा दुई हजार १०८, चितवनमा एक हजार १६९, धादिङमा ६३८, काभ्रेमा २१५, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा १२५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ । त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ ।
काठमाडौँमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई, भक्तपुर र धादिङ्मा एक/एकजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया