अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार


काठमाडौं – संस्कृतिविद् एवं वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुँदै आएको छ।

किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जोशी सामान्य दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार २० दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको सूक्ष्म निगरानीमा सघन उपचार कक्षमै उपचार भइरहेको छ। ‘छातीको निमोनिया संक्रमण नियन्त्रण साथै मुटुको चालसम्बन्धी समस्याको उपचार जारी छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।