अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धितोपत्र बोर्डले माग्यो कर्मचारी

धितोपत्र बोर्डले माग्यो कर्मचारी


काठमाडौं-नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ ।

योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।

आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।