अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा कांग्रेसका पाँच बागी उम्मेदवारमाथि कारबाही

कञ्चनपुरमा कांग्रेसका पाँच बागी उम्मेदवारमाथि कारबाही


कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुर संघीय निर्वाचन क्षेत्र-३ ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जनालाई पार्टीबाट निष्काशित गरेको छ।

पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिने पाँच जना नेता र उनीहरुका प्रस्तावक समर्थकलाई समेत कांग्रेसले कारबाही गरेको क्षेत्रीय सभापति केशव बहादुर चन्दले बताउनु भयो ।

उहाँका अनुसार बागी उम्मेदवारी दिने दीपक बहादुर सिंह, शारदा चन्द, पिताम्बर जोशी, गोपाल बुढापाल, दुर्गादत्त पाण्डेयलाई कांग्रेसले कारबाही गरेको हो।

सत्ता गठबन्धनबाट क्षेत्र नम्बर ३ मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक उम्मेदवार हुनुहुन्छ । सिंह र चन्दले लेखकविरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा माओवादी केन्द्रका टेकेन्द्र भट्ट उम्मेदवार छन्। उनीविरुद्ध पिताम्बर जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।