अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहाबाट अपहरण गरिएका युवकलाई विराटनगरमा इटाँले हानेर हत्या

सिराहाबाट अपहरण गरिएका युवकलाई विराटनगरमा इटाँले हानेर हत्या


काठमाडौ – सिराह गोलबजारका अंशु सदाको विराटनगरमा हत्या भएको छ। विराटनगर बसपार्कको नजिक रहेको न्यू अप्सरा गेष्ट हाउसमा १८ वर्षीया युवकको हत्या भएको हो।
सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरिएको प्रहरीले जनाएको छ।
अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए। १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो।

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन्। उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ।

युवकलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरि शवलाई बक्स पलङभित्र हालेर अपहरणकारी भाग्ने कोशिसमा थिए।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन्। घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ।