अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको रौतहट जिल्ला कमिटी विघठन,उद्वव रेग्मी जिल्ला इन्चार्ज

एमालेको रौतहट जिल्ला कमिटी विघठन,उद्वव रेग्मी जिल्ला इन्चार्ज


काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ ।

पार्टीविरोधी गतिविधि गरेपछि साहलाई कारवाही गरेको हो । यस्तै रौतहट जिल्ला इज्चार्ज उपेन्द्र साह, सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहेन गरी कारवाही गरेको छ ।

उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिएको महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

यस्तै, रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतले पार्टी विरोधी गतिविधि गरेपछि जिल्ला कमिटी समेत विघटन गरिएको छ ।