अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

बर्दियामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु


बर्दिया – बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्र्याक्टरले खोनपुर गाउँमा स्कुटिलाई ठक्कर दिँदा स्कुटिमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ ।