चितवन – चितवन–३ मा स्वतन्त्र उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माओवादी केन्द्रले कांग्रेसको काखमा बसेर शासन गरिरहेको बताउनु भएको छ ।
‘अहिले कांग्रेसको शासन छ । कांग्रेसको काखमा बसेर माओवादी तथा साना पार्टीहरुको शासन छ । झट्ट हेर्दा दलीय शासन नै चलिरहेको जस्तो भान हुन्छ । तर, वास्तविकता सबैले बुझेका छन्,” कोइरालले भन्नुभयो, ‘वास्तविकता के हो भने केही परिवारको गिरोहले देशमा शासन गरिरहेको छ । उनीहरुलाई देशको मतलब छैन, जनताको मतलब छैन, विकास र समृद्धिसँग वास्तै छैन ।’
उहाँले शासन सत्तामा हुनेलाई परिवार र नातागोताको मात्र चिन्ता देखिएको भन्दै आफ्नो परिवारले कसरी पार्टी र देश कब्जा गर्ने भन्नेमा उनीहरुको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
अब कसैको छोराछोरी, श्रीमानश्रीमती, बुहारी या नातेदार भएको आधारमा राज्यसत्तामा पुग्ने मौका दिइने छैन । नेपालमा पारिवारिक शासन चल्न दिँदा १०३ वर्ष राणा शासन भोग्न परेको थियो । लोकतन्त्रको खोल ओढेको नयाँ खालको राणा शासन या पारिवारिक शासन यो देशमा लाद्ने प्रयास भइरहेको छ ।
‘आज लोकतन्त्रलाई पिँजडाको सुँगा बनाइएको छ । अब लोकतन्त्रलाई जनताको घर आँगनमा पुर्याइनेछ,’ कोइरालाले भन्नुभयो, ‘केही परिवारका लागि लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा मान्न कुनै हालतमा सकिँदैन । यसैका विरुद्ध हामीले शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गरेका हौँ ।’
अहिले लोकतन्त्रलाई भ्रष्टतन्त्र बनाइएको भन्दै उहाँले परिवादले लोकतन्त्र नै जोखिममा पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब कसैको छोराछोरी, श्रीमानश्रीमती, बुहारी या नातेदार भएको आधारमा राज्यसत्तामा पुग्ने मौका दिइने छैन । नेपालमा पारिवारिक शासन चल्न दिँदा १०३ वर्ष राणा शासन भोग्न परेको थियो । लोकतन्त्रको खोल ओढेको नयाँ खालको राणा शासन या पारिवारिक शासन यो देशमा लाद्ने प्रयास भइरहेको छ ।’
उहाँले अबका दिनमा त्यस्तो हुन नदिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अंश, वंश र अर्थको बलमा देश कब्जा गर्न अब एक दिइँदैन, दुई दिइँदैन, तीन दिइँदैन । देशभरका सबैले यो कुरा सुनुन्, यो कुरा बुझुन् ।’






प्रतिक्रिया