काठमाडौं- पाँच दशक अघि पूर्वी नेपालको ताप्लेजुङको दूर्गम पहाडी गाउँमा बाल्यकाल बिताउनेहरुको सपना केनै हुन सक्थ्यो र ? देशको सांसद, मन्त्री वा अन्य उच्च ओहदामा पुगौँला भन्ने चाहना त्यो परिवेष र समयले जन्मनै दिँदैन थियो । त्यसमाथि मध्यम् वर्गीय परिवारका बालबालिकाहरुको चाहना र सपना भनेको गाउँमा देखिने विद्यालयका शिक्षक, आक्कल भुक्कल देखिने सरकारीका कार्यलयका कर्मचारी र फाट्टफुट्ट देखिने प्रहरी भन्दा माथि हुँदैन थियो । बाल्यकालमा लालप्रसाद साँवालाई पनि कुनै ठुलो सपना थिएन ।

आदर्श व्यक्ति गाउँकै शिक्षक र केही अगुवाहरु थिए । कम्तिमा त्यतिको हुन पाए पुग्छ भन्ने थियो । २०२४ सालमा ताप्लेजुङ्को नाल्बोमा बुद्धिमान साँवा र दिलमायाँ लिम्बूको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका साँवाको बाल्यकाल पनि गाउँका दौतरीहरु जस्तै दूर्गम गाउँका औसत बालबालिकाको रुपमा वित्यो । तर त्यस बेला पारीवारीक जिम्मेवारी निर्वाह गर्दै परिवार २०३० सालमा झापाको दुधेमा बसाई सरेर आयो । साँवाले त्यहीको राष्ट्रिय रमणिय माविबाट अध्ययन सुरु गर्नुभयो । अध्ययनका क्रममा उहाँ औसत भन्दा अब्बल हुनुहुन्थ्यो । आफू कहिले पनि तेस्रो नभएको साँवाको भनाइ छ । त्यसैले २०४२ सालको एसएलसीमा पनि उनले अपेक्षित नतिजा निकाल्न सफल हुनुभयो ।
डाक्टर बन्ने सपना अधुरै
एसएलसीमा राम्रै अंक पाए पछि साँवाको आकांक्षा पनि अग्लो भयो । डाक्टर भएर नागरिकको सेवा गर्ने भावना जागृत भयो । त्यसैले उहाँ थप अध्ययनका लागि धरानको हात्तीसार क्याम्पस पुग्नुभयो । विकट पहाडी जिल्लामा जन्म लिएका साँवाले जीवन निर्वाहका लागि कत्ति सम्म दुःख गर्नु पर्छ भन्ने भेउ पाई सक्नुभएको थियो । धनी र गरिव बिचको असमानताकै कारण समुदायमा विभेद सिर्जना भएको उहाँले किशोर अवस्था आउँदा सम्म बुझि सक्नुभएको थियो । त्यसैले अध्ययनका लागि धान गएपनि ध्यान समाजलाई प्रगतीशिल दिशा तर्फ डोर्याउनेमा रहयो । त्यसैले साँवा पञ्चायतकालमा नै कलेजमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा निर्वाचित हुनुभयो ।

सभापति भएर देशका विभिन्न जिल्ला र भुगोलबाट आएका विद्यार्थीहरुको अवस्था बुझ्दा बुझ्दै उनको डाक्टर बन्ने सपना भने ओझेलमा परि सकेको थियो । बुबा लाहुरे भए पनि त्यस बेला उधुम खर्च गर्ने अवस्था थिएन । त्यसैले बीएससी अध्ययनका लागि साँवा पोको पुन्तरो बोकेर काठमाडौ लाग्नु पर्ने बाध्यता आई पर्यो । त्यस पछि भने उहाँले एसएलसी पास गर्दा देखेको डाक्टर बन्ने सपना भने झन झन टाढा पुगि सकेको थियो ।
पढ्दै पढाउँदै

त्यसबेला बीएससी पढ्नु चानचुने कुरा थिएन । पहाडमा त एसएलसी पास गर्ने बित्तिकै कम्तिमा शिक्षकको जागिरका लागि घरैमा अवसर आई पुग्थ्यो । तर साँवा बीएस्सी अध्ययनका लागि सपनाको सहर काठमाडौ छिरेका पस्नु भएको थियो । यातायातको सहज अवस्था नहुनु, सञ्चारको पहुँच कठिन हुनु जस्ता कुराले थप अध्ययनका लागि आफ्ना लागि आफै श्रोत जुटाउनु भन्दा अर्को विकल्प थिएन । त्यसैले उहाँले अध्ययनसँगै शिक्षण पेशालाई पनि केही समय बाध्यताको रुपमा उपयोग गरे । तर जव आँफै पढ्दै पढाउँदै गर्नु पर्ने बाध्यता आयो, उनका व्यक्तिगत चाहनाहरुले भने सम्झौतामा पूर्णविराम पाउन थाले ।
एमालेको सिपाहीं
जव साँवामा परिपक्वता आउँदै गयो, अनि उहाँ एमालेको मूलबाटोमा लाग्नुभयो । अर्थात राजनीतिको मूल प्रवाहमा पस्नुभयो । एमालेबाट मात्रै समाजको दिगो रुपान्तरण सम्भव छ भनेर उहाँ निरन्तर रुपमा सक्रिय हुनुभयो । एमाले निकट बुद्वीजीबी संगठन र व्यवसायिक तथा उद्योगीहरूको संगठनमा उहाँको भुमिका बढ्दै गयो । त्यसैको फलस्वरुप उद्योग तथा व्यवसायिक महासंघको संस्थापक सचिव भएर पनि जिम्मेवारी निर्वाह गर्ने अवसर उहाँलाई आयो । हाल अध्यक्ष भएर उहाँ निरन्तर सोही संगठनको निर्माण र नेतृत्वमा केन्द्रीत हुनुहुन्छ । झापाली जनताहरुको सुख दुःखका सत्ता सारथीका रुपमा उहाँ हाल सम्म पनि एमाले तथा समाजको एउटा सच्चा सिँपाहीका रुपमा निरन्तर क्रियाशिल रहँदै आउनुभएको छ ।

जनताको सच्चा प्रतिनिधी
जनताको प्रतिनिधीका लागि निर्वाचन जित्दा मात्र प्रतिनिधी हुन सकिन्छ भन्ने उदाहारण भन्दा भिन्न स्वभाव छ एलपी साँवाको । निर्वाचनमा बिजयी हुँदा होस् वा परिणाम आफु अनुकुल नुहँदा । साँवा निरन्तर रुपमा जनताको सेवामा क्रियाशिल हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले निर्वाचनमा पराजीत भए पनि साँवा जनता भन्दा टाढा जानु भएन । निरन्तर रुपमा विकास निर्माण, सामाजिक परिवर्तन, विकास लगायतका काममा क्रियाशिल रहनुभयो । त्यसैको परिणाम स्वरुप २०७४ सालको निर्वाचनमा साँवालाई बिजयी हाँसिल गर्न कुनै समस्या परेन । ‘माटोले चिनेको र जनताले रोजेको’ उम्मेद्वारको रुपमा साँवाको सानदार बिजय भयो । १६ हजार भन्दा बढी मत अन्तरबाट उहाँ प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुनुभयो । त्यस पछि भने उहाँ ‘होलटाईमर’ जनप्रतिनिधीका रुपमा निरन्तर सक्रिय हुनुहुन्छ ।
स्थानीय विकास निर्माण होस् वा संसदमा जनताका पक्षमा आवाज उठाउन, साँवाको भुमिका निरन्तर रहँदै आएको छ ।
निर्विकल्प उम्मेद्वार

आसन्न निर्वाचनका लागि नेकपा एमालेले साँवालाई फेरि पनि संघीय संसदको उम्मेद्वार बनाएको छ । झापा क्षेत्र नं. ४ का अधिकांश परिवार सम्म पुगेर समस्या र दुःख सुखमा साथ दिएको प्रतिनिधीका रुपमा साँवाको जीत भने सहजै छ । तर पनि उहाँले जीतलाई मात्र लक्ष्य बनाउनुभएको छैन । झापाको मध्य क्षेत्रमा रहेको भुगोल, कन्काईको कटान नियन्त्रण, सिमावर्ती क्षेत्र सम्मको सहज सडक सञ्जाल विस्तार जस्ता योजनामा साँवाले विगत देखि नै पसिना बगाउनु भएको छ । विगतमा समेत अनुकरणीय भुमिका निर्वाह गरेका कारण, साँवाको बिजयी उत्सवका लागि झापा ४ का बासिन्दा आतुर देखिन्छन् ।






प्रतिक्रिया