काठमाडौं-शताब्दी पुरूष सत्यमोहन जोशीको आजबिहान उपचारकै क्रममा निधन भएको छ। यसअघिनै आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे अहिले किष्ट अस्पताल, ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।
जोशीले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका गर्नुभएको थियो ।शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका गर्नुभएको थियो ।
औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर उहाँले आफ्नो शरीर दान गर्न घोषणा गर्नुभएको हो ।
शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभएको थियो । जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।





प्रतिक्रिया