काठमाडौं -नेकपा एमालेको घोषणा पत्रलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओलीको ‘कोर टिम’ अहिले बैठकमा जुटेको छ ।
अध्यक्ष ओली निवास बालकोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहितका नेताहरु छलफलमा जुटेका छन् । बिहान देखि नै छलफलमा जुटेका नेताहरुले घोषणा पत्रमा उल्लेख गर्ने विषयवश्तुहरुलाई अन्तिम रुप दिइरहेको एक नेताले जानकारी दिनुभयो ।
हिजो ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको एक होटलमा नै छलफल गरेर घोषणा पत्र टुंग्याउने भने पनि नसकिएकोले आज विहानै देखि नेताहरु छलफलमा जुट्नु भएको हो । आज साँझसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिएर भोली वा पर्सी सम्ममा सार्वजनिक गरिने एमाले स्रोतले जानकारी दिएको छ ।






प्रतिक्रिया