अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा नारायण खड्कालाई ठूलो झडका, चौदण्डीका सवै नेता-कार्यकर्ताले त्यागे कांग्रेस

उदयपुरमा नारायण खड्कालाई ठूलो झडका, चौदण्डीका सवै नेता-कार्यकर्ताले त्यागे कांग्रेस


उदयपुर – नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खडकालाई चुनावको मुखैमा ठूलो झडका लागेको छ ।

खडकाको निर्वाच क्षेत्र १ मा पर्ने उदयपुरको चौदण्डी नगरपालिकाका एउटा वडाका सवै नेता–कार्यकर्ताले आज बैठक बसेर नेपाली कांग्रेस परित्याग गरेका छन् ।

नेपाली कांग्रेसले जनतामा स्थापित नेताहरुलाई पाखा लगाउने र आसेपासेलाई मात्रै अवसर दिने गरेको तथा पछिल्लो समय कांग्रेस मुलुककै हित विरोधी काममा संलग्न भएको ठहरसहित आज ५८ जना नेता–कार्यकर्ताले कांग्रेस त्यागेका हुन् ।