अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध दोलखाको योजना साकार पार्नेछु : बालकृष्ण शिवाकोटी

समृद्ध दोलखाको योजना साकार पार्नेछु : बालकृष्ण शिवाकोटी


दोलखा – नेकपा एमाले दोलखाको प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखाको योजना साकार पार्न आफ्नो उम्मेद्वारी भएको बताउनु भएको छ ।

मेलुङ गाउँपालिकामा आयोजि चुनावी सभालाई सम्बोधन गर्दै शिवकोटीले यस्तो बताउनुभएको हो। सभालाई प्रदेशसभा (क) का उम्मेद्वार नबहादुर श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो । 

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले दोलखाले चुनावी अभियान सुरु गर्नुअघि स्थानीय कमिटीहरुको अगुवाईमा मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकामा उम्मेद्वारहरु मतदाता भेटघाट, आन्तरिक बैठक र चुनावी कोणसभामा सहभागी हुनुभएको छ ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वार शिवाकोटीले चुनावी प्रचारमा उठाइएका मुद्दालाई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । समृद्ध दोलखा निर्माणका लागि आफू लामो समयदेखि क्रियाशील रहेको जानकारी दिँदै उहाँले विजयी भएपछि त्यसलाई साकार पार्ने लक्ष्य रहेको बताउनुभयो । त्यस्तै, दोलखाको समग्र क्षेत्रको विकासलाई ध्यान दिँदै अधुरा काम सम्पन्न गर्ने, स्थानीय तहसँग समन्वय गरेर स्थानीयस्तरमै समस्या समाधानका लागि कार्ययोजना अगाडि बढाउने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, प्रदेश (क) का उम्मेद्वार श्रेष्ठले दोलखाको पूर्वाधार, पयर्टन, जलस्रोत क्षेत्रको विकासका लागि सुस्पष्ट योजनासहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दोलखालाई प्रदेशकै नमूनायोग्य जिल्ला बनाउन अगुवाई गर्ने, अधुरा योजना पूरा गर्न अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिव तथा मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, जिल्ला कमिटीका उपसचिव धर्मेन्द्र मोक्तानलगायत सहभागी हुनुहुन्थ्यो ।

एमाले दोलखाले ३१ असोजमा जिल्ला कमिटी बैठकबाट प्रदेश (क) र (ख) का नौ ओटै पालिका र ७४ ओटा वडाहरुमा घरदैलो चुनावी अभियान कार्यक्रम घोषणा गर्दैछ । अभियानअघि उम्मेद्वारहरु पार्टीका अगुवा नेता–कार्यकर्ता र मतदाता भेटघाट कार्यक्रममा सकृय हुनुहुन्छ ।