अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदवारको नेतृत्व अब भक्तपुरले गर्छ : महेश बस्नेत

सिंहदवारको नेतृत्व अब भक्तपुरले गर्छ : महेश बस्नेत


भक्तपुर – नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरु आइतबार एक ठाउँमा भेला भएका छन् ।
प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको “नेकपा एमालेका उम्मेदवारसंग संचारकर्मी” विषयक कार्यक्रममा संघीय संसद तर्फका दुई र प्रदेश तर्फका चार जना उम्मेवारहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एमालेका पोलिटोब्युरो सदस्य, निर्वतमान सांसद तथा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनता माझ परिचित पार्टी भईसकेको बताउनुभयो । हामी यो निर्वाचनमा तेब्बर मत ल्यार जित्छौं, बस्नेतले भन्नुभयो । राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने बस्नेतको भनाई छ । भक्तपुरमा एमालेले विकासको लहर सिर्जना गरेकाले पनि लोकप्रिय रहेको उहाँले बताउनुभयो । “हामी सबै जना भक्तपुरलाई नमूना जिल्ला बनाउन लागेका छौं,” एमालेका उम्मेदवार बस्नेतले भन्नुभयो ।
अब भक्तपुरले सिंहदरवारको नेतृत्व गर्ने समय आएको बस्नेतको भनाई छ । आफुलाई हराउनकै लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भक्तपुरका सडक योजनाहरुको बजेट काटेको उहाँको आरोप छ । मुलुकको अवस्था आर्थिक रुपमा नाजुक भएकालेपनि गठबन्धन कस्तो हो भन्ने जनताले थाहा पाइसेको बस्नेतले बताए ।

सो कार्यक्रममा निर्वाचन क्षेत्र न. १ (क) का उम्मेदवार एवम् एमाले भक्तपुर जिल्ला कमिटीका सचिब मोहनवीर श्रेष्ठले चाँगुनारायण क्षेत्र पर्यटकीय स्थल भएकाले सो क्षेत्रको प्रकृतिक र सांस्कृति महत्वलाई संरक्षण गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्दै आवश्यक स्थानमा सिचाईको व्यवस्थापन गर्ने छु, उहाँले भन्नुभयो । सडकहरुको स्तर उन्नती गर्ने र भक्तपुर– नगरकोट सडक खण्ड निर्माण गर्न दबाब दिने एमाले उम्मेदवार श्रेष्ठको भनाई छ ।
कार्यक्रममा श्रेष्ठले महिलाहरुलाई सीपमुलक तालिमको व्यवस्था गरि आयआर्जन गर्ने बाटो देखाउने कार्यक्रम संचानल गर्ने आफ्नो तयारी रहेको बताउनुभयो । “भक्तपुरमा निर्माण हुने तयारीमा रहेको वीर अस्पताल र झौखेलमा बन्ने भनिएको अंग प्रत्यारोपण केन्द्रको तत्कान बनाउनमा सम्बन्धीत स्थानमा तोकता गर्ने छु, ” उम्मेदवार श्रेष्ठले भन्नुभयो ।
भक्तपुर निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा तर्फका एमाले उम्मेदवार नारायण शुन्दर सिन्तकलाले भक्तपुर नगरमा रहेको खानेपानी समस्या समाधान गर्नु आफ्नो मुख्य चुनावी मुद्धा भएको बताउनुभयो । सिन्तकलाले भन्नुभयो “हामीले जितेका राज्यको नीति नियममा रहेर काम गर्ने छौं, ख्वप कलेज संंचालनपनि सोही अनुसार गर्ने छौं, ।” विृकतिलाई हटाउने काममा आफु सधै लाग्ने उनको भनाई छ ।

सो कार्यक्रममा निर्वाचन क्षेत्र न. १ का उम्मेदवार नवराज गेलालले इटाँ भट्टाको प्रदुषणलाई हटाउन वैज्ञानिक तरिकाबाट सो उद्योग व्यवस्थान गर्ने बताउनुभयो । विगतदेखि नै कुरा हुदैं आएको स्मार्टसीटीको परिकल्पना पुरा गर्ने र सो क्रममा कसैलाई पनि भूमिहिन नबनाउने योजना रहेको एमाले उम्मेदवार गेलालले बताउनुभयो । जिल्लाका धेरै स्थानमा रहेको खानेपानीको समस्यालाई हल गर्ने र सरसफाईमा समेत विषेश ध्यान दिईने एमालेका प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ तर्फका उम्मेदवार गेलालले बताउनुभयो ।

भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभातर्फका उम्मेदवार किरण थापाले आफुले विगतमा गरेको कामलाई सम्झेर पार्टीले उम्मेदवार बनाएकाले जनताले माया गर्ने दाबी गर्नुभयो । आफु अघिल्लो कार्यकालमा वडाअध्यक्ष हुदाँ ५० किलोमिटर सडको ट्याक खनेको, १५ किलो पिच र ६ किलोमिटरमा ढलको व्यवस्था गरेको उनले जानकारी दिए । सामाजिक पृष्ठभूमी भएकालेपनि मलाई सूर्यविनाकय बासीले साथ दिनुहुनेछ भन्ने विश्वास छ, थापाले भन्नुभयो । विद्यालय भवन निर्माण र शैक्षिक गुणस्तर बढाउन आफुले वडाअध्यक्ष हुदाँ काम गरेको उनको भनाई छ । “कोरोना संक्रमण बेलामा बिरामीलाई अस्पताल लान नपाउदाँ मैले आफ्नै गाडीमा राखेर लगे, अक्सिजन व्यवस्थापनमा लागे त्यसैले तीन पटक आफैं संक्रमित भए,” थापाले भने । जनप्रतिनिधी हुदाँ राज्यले दिने सुविधा नलिएको र भत्ताबाट आएको रकमले गरिब विद्यार्थीहरुको पढाईमा लगानी गरेको समेत निर्वाचन क्षेत्र न. २ (क) तर्फका एमाले उम्मेदवार थापाले जानकारी दिनुभयो ।

२ नं. निर्वाचन क्षेत्र (ख) एमालेका उम्मेदवार चंन्दन कृृष्ण श्रेष्ठले सुखी नेपाली संम्वृद्ध नेपालको नारालाई पुरा गर्न चुनावी मैदानमा आएको बताए । आफ््नो निर्वाचन क्षेत्र मध्यपुरथिमि नगरपालिकालाई दुई भागमा बाढेँर विकाश गर्नु पर्ने उनको भनाई छ । “नेवाः समुदायको बस्ती भएकाले त्यहाँको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटनको विकाश गर्नु पर्दछ,” श्रेष्ठले भन्नुभयो । नयाँ बस्तीका जनताको सानो–सानो समस्या समाधान गर्ने योजना रहेको उनको भनाई छ । नेपाल कोरिया मैत्री नगर अस्पतालाई अझै सुधार गर्नु पर्ने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने श्रेष्ठले बताउनुभयो ।
प्रेस चौतारी भक्तपुर जिल्ला शाखाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता रहेको कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख निरञ्जन बजगाई, सल्लाकार कृष्णराम गेलाल, चाँगुनारायण नगरकमिटीका अध्यक्ष राम तिमिल्सिना, जिल्लामा संक्रिय संचारकर्मीलगायतको उपस्थिती रहेको थियो ।