अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यात्रु नभएको भन्दै जजिराले रोक्यो गौतमबुद्ध विमानस्थलमा दैनिक उडान

यात्रु नभएको भन्दै जजिराले रोक्यो गौतमबुद्ध विमानस्थलमा दैनिक उडान


काठमाडौं-भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।

तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ। जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटामात्रै उडान भएको जानकारी दिए।