अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा पहिरो जाने क्रम रोकिएन,बाँके क्षेत्र नं १को प्रदेश १ का नेता कार्यकर्ताको सामुहिक राजिनामा

माओवादीमा पहिरो जाने क्रम रोकिएन,बाँके क्षेत्र नं १को प्रदेश १ का नेता कार्यकर्ताको सामुहिक राजिनामा


काठमाडौं – उमेदवार छनोटको विषयमा माओवादीमा ठाउँठाउँमा पहिरो जाने क्रम अझै रोएिको छैन । यसै क्रममा बाँकेका क्षेत्र नम्बर ३ (१)मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उमेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् ।

निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (१) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर उम्मेदवार छन् । प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ (१) बाट माओवादी केन्द्र इन्द्रबहादुर खरेल र (२)बाट नेपाली कांग्रेसका बादशाह कुर्मी उमेदवार छन् ।
पार्टीको केन्द्रले उमेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (१) संयोजक दिपेन्द्र बहादुर शाह, सचिव महेन्द्र बहादुर शाहीलगायत रहेका छन् ।

उनीहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन् ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उमेदवार छनोटको विषयलाई लिएर केहि असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए ।
बाँके क्षेत्र नम्बर ३ (१)का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढने तयारी भैरहेको बताउनुभयो ।