अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बबई र कर्णाली नदीमा दुई शव फेला

बबई र कर्णाली नदीमा दुई शव फेला


बर्दिया – बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ ।

ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताउनुभयो ।

यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका-१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका-१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।