अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई झापा ५ बाट किन निर्वाचित गर्ने ? हेर्नुहोस् निर्वाचन परिचालन मूल समितिको अपिल

अध्यक्ष ओलीलाई झापा ५ बाट किन निर्वाचित गर्ने ? हेर्नुहोस् निर्वाचन परिचालन मूल समितिको अपिल


झापा-पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन नेकपा एमाले निर्वाचन परिचालन मूल समितिले अपिल गरेको छ । एमाले निर्वाचन परिचालन मूल समिति झापा क्षेत्र नम्बर ५ ले आज अपिल जारी गर्दै पार्टी अध्यक्ष ओलीलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेको हो ।

झापा क्षेत्र नबर ५ ले ओली जस्ता दूरदर्शी नेता पाएको भन्दै अपलिमा भनिएको छ, ‘उहाँलाई नेकपा एमालेले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि उहाँ प्रधानमन्त्री बन्नुभयो । उहाँले अगाडि सार्नु भएका योजनाले यस निर्वाचन क्षेत्रले विकासमा फड्को मारेको छ । आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि केपी शर्मा ओलीको खाँचो छ । त्यसैले विना भ्रम, विना अलमल २०७९ साल मंसिर ४ गते सम्पन्न हुने गइरहेको निर्वाचनमा यस क्षेत्रबाट केपी शर्मा ओलीलाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौँ ।’ 

यस्तै अपिलमा अध्यक्ष ओली प्रधानमन्त्री हुँदा गरेका काम पनि उल्लेख गरिएको छ ।