अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमै फर्किए नेकपा एस दोलखाका जिल्ला स्तरीय नेता-कार्यकर्ता

एमालेमै फर्किए नेकपा एस दोलखाका जिल्ला स्तरीय नेता-कार्यकर्ता


चरिकोट – आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आह्वान गर्दै नेकपा एसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता एमालेमै फर्किनु भएको छ ।

नेकपा समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य केशव शिवाकोटी र समाजवादी जिल्ला शिक्षक संगठनको सचिव केशर थामी एमालेमै फर्किनु भएको हो ।

भीमेश्वर नगरपालिका–१ को लामानागीस्थित थामी बस्तीमा आयोजित कार्यक्रममा शिवाकोटी र थामी दुवैलाई नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवोकोटीले स्वागत गर्नु भएको हो। सो अवसरमा बोल्दै शिवाकोटी र थामीले देश र जनताको एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै जिल्लाबासी सबैलाई एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्नु भयो ।