विराटनगर – मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र नम्बर ४ मा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना भएको छ ।
मंगलबार विराटनगर-१ स्थित पुष्पलाल चौकमा एमालेले कार्यालय स्थापना गरेको हो । कार्यांलय उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले सम्पूर्ण नेता कार्याकर्तालाई चुनावी आचारसंहितालाई ख्यालमा राख्दै अभियानमा जुट्न आग्रह गर्नुभयो ।
आफ्नो क्षेत्रका जनताको घरमा पुग्दा सबैको चाहना अब एमालेकै नेतृत्व खोजिरहेको पाइएको बताउँदै ढकालले निर्वाचनका बेला अनेक भ्रम फैलाएर जनतालाई झुक्याउन खोजिने भएकाले त्यसलाई चिर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यालय उद्घाटनसँगै मोरङ क्षेत्र नम्बर ४ मा एमालेको सम्पूर्ण चुनावी गतिविधि तीव्र बनाएको छ । क्षेत्र नम्बर ४ को सम्पूर्ण चुनावी गतिविधि सोही कार्यालयबाट सञ्चालन हुने छ ।






प्रतिक्रिया