अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेंगीबाट  ४९ जनाको मृत्यु

डेंगीबाट  ४९ जनाको मृत्यु


काठमाडौं – साउन यता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४१ हजार ७४३ र मृतकको संख्या ४९ पुगेको हो ।

महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । डेंगी संक्रमितको संख्या सन् २००४ यताकै उच्च हो ।

काठमाडौं उपत्यकाका अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो।

उपत्यकाबाहिर गुल्मी, दार्चुला, संखुवासभा, कास्कीलगायतका २६ जिल्लामा संक्रमितको संख्या एक सयमभन्दा माथि छ । नवलपरासी, रौतहट, इलामलगायतका ११ जिल्लामा संक्रमित थपिँदै गएका छन् ।