अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको अपिलमा जनमोर्चा र लोसपाले हस्ताक्षर गरेनन्

गठबन्धनको अपिलमा जनमोर्चा र लोसपाले हस्ताक्षर गरेनन्


​​​​​​​काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनले जारी गरेको अपिलमा भने जनमोर्चा र लोसपाले हस्ताक्षर गरेका छैनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर रहेको संयुक्त अपिल मार्फत् गठबन्धनलाई जिताउन भोट मागेका हुन् । पाँच दलीय गठबन्धनमा आबद्ध रहेको राष्ट्रिय जनमोर्चा र लोसपाले भने उक्त संयुक्त अपिलमा हस्ताक्षर भने गरेका छैनन्।

गठबन्धनले जारी गरेको अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौँ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट बैचारिक धरातल र सहकार्यको आधार हो ।’