काठमाडौं-नेकपा एमालेका नेता विष्णु रिजालले सत्तारुढ दलका नेताहरूलाई आफ्नो भाषणमा पाँच मिनेट केपी शर्मा ओलीको नाम नलिएर बोलेर देखाउन चुनौती दिनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले हिम्मत भए आफ्नो भाषणमा पाँच मिनेट एमाले अध्यक्ष ओलीको नाम नलिएर बोलेर देखाउन चुनौती दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘चुनाव प्रचार त आ-आफ्नो एजेन्डामा हुनुपर्ने हो । तर, सत्तारूढ गठबन्धनसँग देश निर्माणको आफ्नो कुनै एजेन्डा छैन र आफ्ना मञ्चमा हरेक नेता नेकपा (एमाले) र अध्यक्ष केपी ओलीलाई गाली गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रो चुनौती छ-हिम्मत छ भने आफ्नो भाषणमा केपी ओलीको नाम नलिएर पाँच मिनेट बोलेर देखाऊ !’
उहाँले गठबन्धनका नेताहरू एमाले र पार्टी अध्यक्ष ओलीलाई गाली गर्नमा प्रतिस्पर्धा गरिरहेको आरोप लगाउनु भएको छ ।






प्रतिक्रिया