काठमाडौं-बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध तेस्रोपटक म्याद थप्ने तयारी गरेको छ। प्रहरीले आज म्याद थपका लागि क्रिकेटर सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको हो ।
सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिएको थियो। एक नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई २० असोजमा पक्राउ गरेको थियो।
प्रतिक्रिया