अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार


वीरगञ्ज – सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने वर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाो छ ।