अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास एमालेले ५ वर्षमा गर्‍यो : छविलाल विश्वकर्मा

कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास एमालेले ५ वर्षमा गर्‍यो : छविलाल विश्वकर्मा


रुपन्देही – नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले नेपाली कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास एमालेले ५ वर्षमा गरेको बताउनु भएको छ ।

सचिव विश्वकर्माले विकासका अभियान बनाउन र त्यसलाई पूर्णता दिनका लागि नेकपा एमालेको जित अपरिहार्य भएको बताउनुभयो । उहाँले राष्ट्रिय एकतालाई मजबुत बनाउन एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल भएको बताउनुभयो ।

रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपाका संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले रुपन्देहीको क्षेत्र नम्बर १, को उत्तर दक्षिणलाई विकासको हिसाबले जोड्नको लागि दशगजाबाट काम सुरुवात गरेको बताउनु भयो

नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्बर १, मा नेपाली कांग्रेसले पटक पटक निर्वाचन जिते पनि विकास गर्न नसकेको बताउँदै कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास नेकपा एमालेले ५ वर्षमा गरेर देखाएको दाबी गर्नुभयो ।

सचिव विश्वकर्माले घनश्याम भुसालले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर अरू दलको शरणमा पुगेर स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेइमानी भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘२५ वर्षदेखि पार्टीबाट टिकट पाइरहेका मान्छेले एक पटक टिकट नपाउँदा पार्टी नै छाडेर अरूको शरणमा टिकट लिन जानू कहाँ सम्मको इमान हो, सबैले यो विषय बुझेकै हुनुपर्दछ ।’

उहाँले तीन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अबका दिनमा वडा र टोलमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।