अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको छ : एमाले नेता रिजाल

माओवादीको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको छ : एमाले नेता रिजाल


काठमाडौं-नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको र यसपटक थप तीव्रता पाउने बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘एमालेभन्दा ठुलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४२ स्थानमा चुनाव लडेको छ । यसबीचमा ठुलो संख्यामा नेता, कार्यकर्ता माओवादी पार्टीबाट बाहिरिएका छन् । माओवादी २०६४ यताका प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ । माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको छ र यसपटक त्यसले थप तीव्रता पाउनेछ ।’

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरेर निर्वाचनमा गएको थियो । यसअघि माओवादी केन्द्र २०७४ को निर्वाचनमा एमालेसँग वाम तालमेल गरेर चुनावमा गएको थियो । २०६४ सालको आम निर्वाचनमा सवैभन्दा ठुलो पार्टी भएको माओवादी त्यसपछिका निर्वाचनमा आफ्नो सिट संख्या घटाउँदै आएको छ ।