काठमाडौं-दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेपनि कुन महिना गर्ने भन्ने टुंगो लागेको छैन। यस्तै एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेशमा गर्न प्रस्ताव आएको जनाइएको छ । आज पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ।
प्रतिक्रिया