अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने 

एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने 


काठमाडौं-नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तयारी गरिरहेको घोषणापत्रमा एमालेले दीर्घकालीन आयोजना नराख्ने जनाएको हो ।

पार्टी उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिकी सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार  एमालेले घोषणापत्रमा पाँच वर्षभित्र गर्न सक्ने काम मात्रै समावेश गर्ने भएको छ । उहाँले एमालेले पुराना दीर्घकालीन आयोजनाका साथै नयाँ आयोजना पनि थप नगर्ने बताउनु भयो ।

एमालेले रेल, पानीजहाज, मेट्रो रेल जस्ता दीर्घकालीन आयोजना नराख्ने शाक्यले बताउनु भयो । उहाँले पाँच वर्ष भित्र गर्न सकिने शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई प्राथमिकता दिएको बताउनुभयो । एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्दै छ । घोषणापत्रका लागि एमालेले सुझाव संकलन, अध्ययन र लेखनको काम गरिरहेको छ । 

एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।