अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायती प्रधानमन्त्री लिजद्वारा राजीनामा

बेलायती प्रधानमन्त्री लिजद्वारा राजीनामा


बेलायतकी प्रधान लिज ट्रसले पदबाट बिहीबार राजीनामा दिनुभएको छ ।

पदमा नियुक्त भएको डेढ महिनामै उहाँले राजीनामा दिनुभएको हो । केही दिन यता उहाँलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजिनामा दिन दबाब दिइरहेका थिए ।

पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा माग्नुभएको थियो ।

बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा बसेर बाहिरिनुभएको हो । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङ प्रधानमन्त्री रहेका थिए ।

गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार नै राजीनामा दिनुभएको थियो ।