अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर कांग्रेस र नेकपा एसमा पहिरो : महेश बस्नेत जिताउनुपर्छ भन्दै एमालेमा प्रवेश (फोटोफिचर)

भक्तपुर कांग्रेस र नेकपा एसमा पहिरो : महेश बस्नेत जिताउनुपर्छ भन्दै एमालेमा प्रवेश (फोटोफिचर)


भक्तपुर – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा भक्तपुरमा कांग्रेस र नेकपा एकीकृत समाजवादी छोड्नेहरूको लहर चलेको छ ।

कांग्रेस र समाजवादी छोडेर नेता-कार्यकर्ता पङ्क्ति एमालेमा प्रवेश गरेसँगै भक्तपुरमा गठबन्धनलाई ठूलै झट्का लागेको छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जमिन्दारी शैली अपनाउदै आएको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई जिताउने अठोटसहित भक्तपरमा कांग्रेस त्यागेर एमाले प्रवेशको लहर चलेको हो ।

भक्तपुर-२ का ५० जनाभन्दा बढी युवाहरु कांग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्रकृष्ण श्रेष्ठसहित ३५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४५७ मत ल्याउन सफल सिरुटारका नेता मिलन थापासहित १५ जना एमालेमा प्रवेश गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो भने भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले टिका लगाइदिनु भएको थियो ।