अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षिय विकास राई रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । 

प्रदेश २-०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।