अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न अयोग्य ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न अयोग्य ठहर


इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको छ।

द डनका अनुसार विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई  दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो। इजलासका एक जना सदस्य अनुपस्थित थिए। 

प्रधानमन्त्री हुँदा खानले आफूले पाएका उपहारबारे राज्यका निकायलाई जानकारी नदिएको र तीमध्ये केही सामान बेचेको आरोप थियो।

खानले पनि आफूले केही उपहार बेचेको स्वीकारेका थिए। आयोगको फैसलापछि खानका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै निर्वाचन आयोग आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

खानको तेहरिक-ए-इन्साफ (पिटिआई) पार्टीले  आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने बताएको छ । – एजेन्सी