अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका महामन्त्री शर्मासँग आयोगले सोध्यो स्पष्टीकरण

कांग्रेसका महामन्त्री शर्मासँग आयोगले सोध्यो स्पष्टीकरण


झापा – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ।

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो।

महामन्त्रीलाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न भनेको आयोग स्रोतले जनाएको छ।

स्रोतका अनुसार शर्माले आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा देखिएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।