कैलाली – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कैलाली–४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले शुक्रबार उहाँलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ?,’ आयोगले सोडारीलाई सोधेको छ।
कार्यक्रम सम्बोधनका क्रममा उहाँले पनि निर्वाचन आयोगका गतिविधिप्रति शंका उत्पन्न भएको बताउनु भएको थियो ।
प्रतिक्रिया