काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएको बताउनुभएको छ ।
आज राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएका छौँ। पहिले साह्रै गाह्रो थियो। मान्छे तुइनमा झुन्डिँदै तरेको देख्नुपर्थ्यो। अहिले हेर्नुस् त पक्की र झोलुङ्गे पुल छन्। हामीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेका छौँ। चार सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएका छौँ।’
देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत उहाँको भनाई थियो ।






प्रतिक्रिया