अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : केपी ओली

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : केपी ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गर्नुभएको छ ।

आज काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गर्नुभयो । उहाँले अरुजस्तो फ्रि भिया फ्रि टिकट भनेर एमाले कहिल्यै नहिडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताउनुभयो ।

अहिले जनतालाई अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उहाँको भनाई छ । ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।