अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदाताको साथले थापा थप उत्साही

मतदाताको साथले थापा थप उत्साही


दमक- लामो समय देखि स्थानीय क्षेत्रको विकासमा क्रियाशिल प्रतिनिधीलाई आगामी निर्वाचनमा उम्मेद्वारको रुपमा पाए पछि झापा क्षेत्र नं. ५ (२) का सर्वसाधारण उत्साहित भएका छन् ।
नेकपा एमालेको तर्फबाट प्रदेश सभाको निर्वाचनमा झापा ५ (२) बाट उम्मेद्वार बनेका होमबहादुर थापा गाउँ गाउँमा पुग्दा सर्वसाधारणले भव्य स्वागत गरेका छन् । झापाको विकासका लागि वर्षौ देखि क्रियाशिल व्यक्ति आगामी निर्वाचनका लागि उम्मेद्वार हुनु यस क्षेत्रकै बासिन्दाका लागि खुसीको कुरा भएको यसै क्षेत्रमा पर्ने कमल गाउँपालिका वडा नं. ६ की देवी बरालले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा स्थानीय क्षेत्रको विकासका लागि उहाँको प्रतिनिधीको रुपमा रहेर करोडौं रुपैयाँ बराबरको योजना ल्याउन सफल थापाले आगामी निर्वाचनमा बिजयी हासिल गरे यस क्षेत्रले विकासमा अझ गति लिने उहाँको आशा छ ।
पञ्चायतकाल देखि नै झापाको कोहबरा गाउँ पञ्चायतको जनपक्षीय उपाध्यक्ष, बहुदलीय व्यवस्था पछि सोहि गाविसको अध्यक्ष हुँदै निरन्तर जनतासँगै विकास निर्माण र जनताको चेतना स्तर विकासका लागि क्रियाशिल उम्मेद्वार हुुनुले यस क्षेत्रको विकासका लागि ठुलो मौका पाएको स्थानीयबासीहरु बताउँछन् ।
मतदाताको उर्जाले उत्साही
पछिल्ला दिनहरुमा दमक नगरपालिका तथा कमल गाउँपालिकाका विभिन्न वडामा मतदाताहरुसँगको भेटमा सक्रिय हुनु भएका उम्मेद्वार थापाले स्थानीयको प्रतिक्रिया र उर्जाबाट आफुलाई थप उत्साहित बनाएको बताउनु भएको छ । दमक नगरपालिकाको वडा नं. ४ का सर्वसाधारण सँगको भेटमा पुग्नु भएका उहाँलाई त्यहाँका ज्येष्ठ नागरिकहरुले पनि भव्य स्वागत गरेका छन् । जनप्रतिनिधी नहुँदा समेत दमक तथा कमलमा करोडौ रुपैयाँ बराबरका योजना ल्याउन सक्ने व्यक्ति यस क्षेत्रको जनप्रतिनिधी हुँदा यहाँको विकासले अझ फड्को मार्ने स्थानीयको आशा छ ।


महिला, युवा, ज्येष्ठ नागरिक, किसान लगायत सवै क्षेत्रबाट उर्जा प्राप्त गरि रहनु भएका थापाले भन्नु भयो–‘सवै क्षेत्रमा मतदाताहरुले यो क्षेत्रको विकास गर्ने एमालेनै हो भनि रहनु भएको छ, यो कुराले हामीले गरेको मेहनत नागरिकले बुझ्नु भएको छ भन्ने कुराको पनि पुष्टि गरेको छ ।’
‘हेविवेटेड’ उम्मेद्वार
झापा क्षेत्र नं. ५ (२) मा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह नगर समेत रहेको दमक नगरपालिकाका १० ओटा र उहाँकै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा रहेका छन् । संघीय निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार बन्नु भएको छ भने प्रदेश सभामा प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री समेत रहि सक्नु भएकाले स्थाई कमिटी सदस्य हिक्मत कार्की र प्रदेश कमिटी सचिवालय सदस्य थापा उम्मेद्वार बन्नु भएको छ ।
राष्ट्रिय एवम् प्रदेशको राजनीतिका लागि ‘हेवी वेटेड’ नेताहरुको उम्मेद्वारीका कारण पनि यहाँको निर्वाचनलाई चासो पूर्वक हेरिएको छ ।