अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं-हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा रहनेछ।

तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।